विसनपुर–बोदे वरसाईन–स्वर्णपट्टी सडक खण्ड उद्घाटन

उमेश कुमार साह
बोदे बरसाइन, १८ चैत । सप्तरीस्थित विसनपुर–बोदे वरसाईन–स्वर्णपट्टी सडक खण्ड बुधवार उद्घाटन भएको छ । राष्ट्रियसभा सदस्य एवं पूर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादवले उद्घाटन गरेका छन् ।

हुलाकी राजमार्गलाई दक्षितमा भारत र उत्तरमा पूर्व पश्चिम राजमार्गसँग जोड्ने योजना अन्तर्गत भारत सरकारको सहयोगमा कुल ६५ करोड ५३ लाख २९ हजार २६३ रुपैयाँ (म्याटसहित) को लागतमा १७ दशमलव २८ किलोमिटरको सडक निर्माण भएको हो ।

बोदे बरसाईन नगरपालिका–९ स्वर्णपट्टिमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सडक निर्माणले ग्रामिण क्षेत्र पनि बजार एरियासँग जोडिएको र यसले जनताको दैनिकीमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भारतीय सरकालाई धन्यवाद समेत दिए ।

कार्यक्रममा बोदे बरसाईन नगरपालिका निमित्त प्रशासकीय अधिकृत घनश्याम यादव, परामर्शदाता कम्पनीकोतर्फबाट मनोज कुमार यादव, दिवा निर्माण सेवा कम्पनीका प्रतिनिधि ई. जय कान्त चौधरी, नगर शिक्षा अधिकृत राम सागर यादव, सशस्त्र प्रहरी बल बोरर्ड आउट पोष्टका प्रहरी निरीक्षक उत्सव विष्ट लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस