रेग्मीले यसरी बनाएका थिए कार्कीको हत्या गर्ने योजना

प्रकाश तिम्सिना
इटहरी । फागु पुर्णिमाको दिन गाउँमा बाहिरको चहलपहल निकै थियो । जेठो छोरा काम गर्न इटहरी थिए भने कान्छो छोरो छिमेकीको घरमा इन्टरनेट चलाउदैँ थिए । मध्यान्हको करिब १ बजे इटहरी उपमहानगरपालिका–२ घर भएकी बिमला कार्कीलाई कहिले सोच्दै नसोचेको बज्रपात पर्र्यो ।

दिउँसो घरभित्र आफ्ना श्रीमान्सगँ एउटै खाटमा सुतेर टिभी हेर्दैहेर्दै उनको जीवनले अर्कै मोड लियो । जीवनको साहरा ढल्यो । ४८ वर्षकै उमेरमा विधवाको नमिठो छाप लाग्यो । पतिसगँ दुःख सुखका गफगाफ गर्दै बसेकी विमलाको पतिको हत्या भएपछि उनी विक्षिप्त छन् ।

प्रहरीका अनुसार छिमेकी जीवनाथ रेग्मीले पेटमा भाला (सुगुँर मार्न प्रयोग गरिने फलामको हतियार)ले हानेर कार्कीको हत्या गरेपछि यति बेला उनकी पत्नी विमला मात्रै हैन, आफन्त र छरछिमेकी पनि विक्षिप्त छन् । आफुहरुको गल्ती बिना नै छिमेकीले बुवाको हत्या गरिदिएको मृतकका छोराहरुको गुनासो छ । उनका १९ र १६ वर्षका दुई छोरालाई टुहुरो बन्नु परेको छ भने जेनतेन दुई पैसा कमाएर परिवार पाल्दै आएका कार्कीको हत्या भएपछि परिवारमा कहिले नमिटिने बज्रपातको टिका लागेको छ ।

यसरी भयो हत्या

केशब र जीवनाथ पहिले देखि नै साथी हुन् । घर वरपर भएपनि प्राय भेट भईरहन्थ्यो । होलीको दिन सबै आफ्ना काम वा रङ लगाउँदै रमाउँदै थिए । २ छोरा घर बाहिर । पत्नी भित्ता तिर पति छेउ तिर सुतेर टिभी हेर्दै थिए ।

एकछिन पत्नी निदाएको मौका छोपेर सगैँ रहेका पतिलाई छिमेकी पर्ने जीवनाथले भालाले रोपेको परिवारजनको भनाई छ । दोश्रो पटक रोप्न खोज्दा कार्कीले एकहातले आफ्नो चोटमा हात राखेका थिए भने अर्काे हातले भाला पक्रिएका थिए । छेउतिर रहेका पति हल्लिएपछि उठेकी विमलाले भाला प्रहार गर्ने जीवनाथलाई पक्रिएकी थिइन् ।

भाला प्रहारबाट गम्भीर घाइते भएका कार्कीलाई टेम्पोमा राखेर तरहरामा रहेको सामुदायिक अस्पताल पठाइयो । सो अस्पतालले तत्काल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान भनेपछि उनलाई प्रतिष्ठानतर्फ पठाउन लागिएको थियो । अस्पताल पुुर्याउँदा सम्म श्वास फेरेका कार्कीले केही छिन् मै प्राण त्याग गरे ।

यस्तो छ हत्या मुख्य कारण

परिवारजनका अनुसार केशव र जीवननाथबीच निकै बर्षदेखिको साथी छिमेकीको नाता थियो । कार्की शान्ति जनकल्याण वन उपभोक्ता समिति अन्तगर्त ६ नम्बर प्रतिनिधिको पद ३ कार्यकाल राम्रोसँग निर्वाह गरेका थिए । एक वर्ष अघि रेग्मीले तरहरामा रहेको कृषि फारमका केही रुख चोरी गरी बिक्रि गरेको आरोप लागेको थियो ।

एक दिन रेग्मीले चोर्दै गरेको देखेपछि कार्की र अन्य एकजनाले कृषि फारमका सुरक्षा गार्डलर्य भनेर काठ चोर्दाचोर्दै पक्राउ गराएका थिए । सो बेला रेग्मीले ६ महिना जेल जीवन बिताएर घर फर्किए । त्यहि बेलादेखि कार्कीमाथि उनको रिसिबी रहेको प्रहरीको अनुसन्धानले देखाउँछ ।

रेग्मीले यसअघि पनि कार्कीलाई हत्याको प्रयास नगरेको होइन् । गतवर्षको लकडाउनमा पनि मार्छु भन्दै घरमै आएका थिए रेग्मी । आफ्नै घरपरिवारलाई समेत आजित बनाएका रेग्ग्मी मादक पदार्थ सेवन गरी तथानाम गाली गर्दै गाउँ हिड्ने गरेका थिए ।

कार्कीलाई मार्नका लागि पनि ४/५ दिन अघि पनि कार्कीकै घरमा खुकुरी बोकेर आएका थिए । तर, छोराले रेग्मीलाई देखेपछि उनी त्यहाँबाट आफ्नै घरतिर लागेको मृतक कार्कीकी दिदि गोमा ढकालले बताईन् ।

बिजुवा बा नामले परिचित थिए मृतक कार्की

२०२८ साल कार्तिकमा जन्मिएका कार्कीका ४८ वर्षीय पत्नी बिमला, छोराहरु १९ वर्षीय अभिषेक र १६ वर्षीय अलिस छन् । जेठोछोरा इटहरीको एक टायर कम्पनीमा काम गर्दै आएका छन् भने अलिस हाल कक्षा १० मा अध्ययनरत छन् । कार्की करिब ८ वर्ष अघिसम्म काठको मिलमा मिस्त्री पेसा गर्दै आएका थिए भने कहिले पनि मादकपदार्थ नखाने कार्की गाउँमा कार्की धामी नामले परिचित थिए ।

उनी धामी भएकाले विभिन्न ठाउँ जाने, झारफुक गर्ने र धेरै विरामीका आफ्न्त उनलाई घरमै लिन आउँथे पनि । सोमबार पनि इनरुवादेखि बिहान फुकिदिन भन्दै कार्कीकै घरमा आएका थिए । कार्कीले उनीहरुलाई अहिले फुकिदेको छु, कस्तो हुन्छ बेलुका साझँ आउनु भनेका थिए ।

धामी पेसा उनका परिवारका लागि आम्दानीको श्रोत थियो पनि । तर अहिले कार्कीको शरीर ढल्यो यतिबेला परिवारकै आम्दानीको श्रोत हराएको मात्रै छैन, करिलो उमेरका छोरा टुहरा भएका छन् । अधबैंसे उमेरमा पत्नी विमलाको जीवनमा विधवाको टिका लगाएकी छन् ।

पुरानो रिसिइबीका कारण हत्या गरेः आरोपी रेग्मी

हत्या गरेर फरार हरेका रेग्मी तरहराको क्षेत्रिय कृषि अनुसन्धान फारममा लुकेर बसेको अबस्थामा ईलाका प्रहरी कार्यालयको टोलीले १ घण्टापछि उनलाई पक्राउ गरेको थियो । पक्राउ गरेका रैगमीले आफुले पुरानो रिसिइबी भएका कारण हत्या गरेको स्वीकार समेत गरिसकेको प्रहरीको भनाई छ ।

उनले पुरानो झगडामा कार्कीले कुटपिट गरेकै कारण हत्या गर्ने योजना बनाएको उनले प्रहरी समक्ष बताए । उनले प्रयोग गरेको फलामको भाला अरु कुनै प्रयोजनका लागि नभई कार्कीकै हत्याका लागि तयार गरेको समेत प्रहरी समक्ष बयान दिए ।

उनीमाथि कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट ६ दिनको म्याद थप गराई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस