राजविराज उच्च बारमा उम्मेदवारी दर्ता

राजविराज, १८ चैत । नेपाल बार एसोसिएसनको राजविराज उच्च अदालत बारको कार्य समिति निर्वाचनका लागि आज (बुधवार) उम्मेदवारीपत्र दर्ता भएको छ । आगामी वर्ष २०७८/०७९ को कार्य समितिको लागि चैत २८ गते हुने मतदानका लागि तीनवटा समूहले उम्मेदवारीपत्र दर्ता गराएका छन् ।

बार निर्वाचन समितिका अनुसार कार्य समिति अध्यक्ष पदमा लोकतान्त्रिक समूहबाट भरत प्रसाद यादव, प्रगतिशील समूहबाट पुण्य प्रसाद यादव र तेस्रो समूहबाट नवीन कुमार सिंह उम्मेदवार भएका छन् । समितिका उपाध्यक्ष पदमा बालकृष्ण ढुंगाना, पार्वती कुमारी राउत, कृष्ण कुमार केसी क्रमशः सो समूहहरुबाट उम्मेदवारी दिएका छन् ।

यसैगरी सचिव पदमा समिम अंसारी, मनोज देव र धर्मेद्र प्रसाद यादव तथा कोषाध्यक्ष पदमा उपेन्द्र यादव, तेज नारायण चौधरी र उमाशंकर देवले क्रमशः सो समूहहरुको तर्फबाट उम्मेदवारी दिएका छन् । सहसचिव पदमा दानो कुमारी यादव निर्विरोध निर्वाचित भएकी छन् ।

कार्य समिति सदस्य पदमा निलाम्बर लाल कर्ण, अनिल कुमार झा, रुद्र नारायण चौधरी, राज कुमार टरैत, सतीश कुमार दत्त, प्रेम कुमार आले, भागवत यादव, देव नारायण मण्डल, गिरेन्द्र प्रसाद यादव, राम कुमार यादव, रामचन्द्र मण्डल, सन्तोष कुमार चौधरी, किसुनदेव ठाकुर, जय प्रकाश साफी, राज कुमार साह, चन्द्रकान्त यादव, डा. पञ्चदेव यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तापछि सामूहिक तस्वीर खिचाउँदै लोकतान्त्रिक समूहका उम्मेदवारहरु

यसैगरी पार्षद पदमा विश्वनाथ देव, जय कुमार गोइत, डा. हेम कुमार मिश्र, अशोक कुमार झा, नारायण प्रसाद साह, कौश किशोर दत्त, नारायण लाल दास, मिथिलेश चन्द्र लाभ, रणधीर कुमार कर्ण, नन्द किशोर यादव, कृष्ण चन्द्र यादव पिन्टु, सन्तोष कुमार चमन, बालकृष्ण कार्की र बलवीर चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । राजविराज उच्च बारमा २१४ जना मतदाता रहेको निर्वाचन समितिका सदस्य राम प्रसाद गौतमले बताए ।

आज दर्ता भएको उम्मेदवारी पत्रको छानबिन, दाबी विरोध तथा नाम फिर्तापछि चैत २३ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस