सप्तरीमा पुनः बढ्यो कोरोनाको जोखिम, एक युवकमा संक्रमण पुष्टि

राजविराज, १९ चैत । सप्तरीमा पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास सुरु भएको छ । आज (विहिवार) एक युवकमा संक्रमण पुष्टि भएसँगै त्रास सुरु भएको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार राजविराज नगरपालिका–२ का २१ वर्षीय युवकमा संक्रमण देखिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा दुई जनाको स्वाब परीक्षण गरिएकोमा युवकमा संक्रमण पुष्टि भएको उनले मधेशलाइभलाई जानकारी दिए । युवक हाल होम होइसोलेसनमा रहेको निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस