साहसहित चार जना मन्त्रीको सांसद पद खोसियो

जनकपुरधाम । माओवादी केन्द्रबाट निर्वाचित वर्तमान सरकारका ४ मन्त्रीहरुको सांसद पद खारेज भएको छ । सांसदहरु प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीको पद खारेज भएको हो ।

प्रतिनिधि सभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले त्यसबारे संसदलाई जानकारी गराएका हुन् । मंगलवार माओवादी केन्द्रले संसद सचिवालयमा ४ जना सांसदहरुको पद खारेज भएको भन्दै निवेदन दर्ता गराएको थियो ।

माओवादी केन्द्रबाट निर्वाचित उनीहरु पार्टी पूर्ववत् रुपमा फर्किएपनि एमालेमा नै बसेका थिए । गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता रद्ध गर्दै पार्टीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा फर्काइदिएको थियो । पार्टी पूर्ववत् रुपमा फर्काइदिएपनि उनीहरु एमालेमा नै बसेका थिए ।

माओवादी केन्द्रले चारै जनालाई स्पष्टीकरण सोधेको थियो । साहले मात्रै स्पष्टीकरणको जवाफ फर्काएका थिए । तर साहको जवाफ समेत चित्त बुझ्दो नभएको भन्दै माओवादी केन्द्रले उनीहरुको सांसद पद खोस्ने निर्णय गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780