सिरहामा हावाहुरीसहित असिना पानी

सिरहामा हावाहुरीसहित मध्यम वर्षा भएको छ । जिल्लाका विभिन्न ठाउँमा बिहीबार मध्याह्न हावाहुरीसहित असिना पानी परेको हो ।

दिनमा चर्को घाम लागे पनि मध्याह्न एकाएक मेघगर्जन र हावाहुरीसहित असिना पानी परेको छ । असिनासहितको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाएका बालीनालीमा समेत क्षति पुगेको छ ।

असिना, हावाहुरी र वर्षाका कारण जिल्लाका विभिन्न स्थानका कृषकले दिएको जानकारी अनुसार बारीमा लगाइएका नगदे तरकारी बालीहरुमा पनि क्षति भएको छ ।

नगदे बालीको बिक्री गरेर जीविका गर्दै आएका कृषकलाई असिना, पानीले आर्थिक संकट पर्ने भएको छ । हावाहुरी र असिनाले आँपको स-साना चिचिला पनि सखाप पारेको छ ।

सयौँ हेक्टर जग्गामा स्थानीय किसानले लगाएको मकै तथा तरकारीबाली नष्ट बनाएको किसानले बताएका छन् । यस्तै,  हावाहुरी र वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत् प्रवाह पनि अवरुद्ध भएको छ ।

हावाहुरी र असिनासहितको वर्षाका कारण भएको क्षतिको विवरण संकलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस