सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

राजविराज, ३ वैशाख । पूर्व पश्चिम राजमार्ग सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथमा आज बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

पूर्वतर्फ गइरहेको ना ६ ख ७८९२ नम्वरको बसले विपरित दिशाबाट आउदै गरेको स१च ५५२ नम्वरको एम्बुलेन्सलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा सिरहाको सुखिपुरका ५० वर्षीय छेदीलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । ठक्कर दिने चालक फरार रहेकाले खोजी कार्य भरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस