मिथिलाञ्चलमा छठको रौनक [फोटो फिचर]

राजविराज, ५ वैशाख । मिथिलाञ्चलमा महापर्वको रुपमा मनाइने छठको अर्को रुप चैते छठको आज तेस्रो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिएर मनाइँदैछ । मुख्य छठ पर्व कार्तिक महिनामा मनाउने गरिए पनि त्यसकै अर्को रुप चैत महिनामा समेत मनाइने परम्परा रहेको अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झाले बताइन् ।

धार्मिक आस्थाका साथै छोरा, नाती र पतिको दीर्घायुको कामनासहित चैते छठ मनाउने गरेको व्रतालुहरुको भनाई छ । यसैगरी छठ व्रत बस्दा सन्तान प्राप्ति हुने र चर्मरोग निको हुने जनविश्वास छ ।

फोटोः शिवनारायण साहको फेसबूकबाट

Author:



क्याटोगरी छान्‍नुहोस