जनकपुरधाम । संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ । संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगसँगै अपरान्ह १ बजेबाट हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको हाे ।
गत पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो । संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य भएको सूचना जारी हुनेछ ।