पछिल्लो २४ घण्टामा १ हजार २२७ मा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, ६ वैशाख । नेपालमा थप १ हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ३४ घण्टामा ७ हजार १ जनाको परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ भने हालसम्म २ लाख ७५ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा २५५ जना निको भएका हुन् । हाल नेपालमा ७ हजार २५४ जना सक्रिय संक्रमित छन् ।

सोही अवधिमा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यससहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस