सप्तरीका ३ सहित ७ जना ‘नक्कली डाक्टर’ समातिए

राजविराज । शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेको आरोपमा सात जना पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नक्कली डाक्टरहरुमा मोहम्मद शाहिद राजा, दिपेन्द्र गौतम सुभाष प्रताप साह, अखिलेश कुमार देव, पल्लवी सिंह, फराज हुसेन खाँ र मोहमद सद्दिक रहेका छन् । जसमध्ये दिपेन्द्र गौतम, मोहमद सिद्दिक र अखिलेश कुमार देव सप्तरी निवासी हुन् ।

बंगलादेशमा एमबिबिएस अध्ययन गर्न उनीहरुले एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्क लगायत विवरण उनीहरूले सच्याएको पाइएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

त्यसरी थपघट गरी किर्ते मार्कसिट बनाएर त्यसैको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृती लिएका थिए । आफ्नो व्यक्तिगत लाभको लागि एसएलसीको मार्कसिट किर्ते गरेको आरोपमा सात जनालाई प्रहरीले आइतबार विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

नक्कली डाक्टरहरुको विवरण :

नामः अखिलेश कुमार देव
उमेरः ३१ वर्ष
ठेगानाः जिल्ला सप्तरी, सकरपुरा वडा नं १ घर भई
हाल जिल्ला मोरङ म.न.पा. वडा नं– ३ बरगाछी
पक्राउ मितिः २०७८–०१–०५ गते
पक्राउ स्थानः विराटनगर म.न.पा वडा नं– १, वरगाँछि , मोरङ

नाम : दिपेन्द्र गौतम
उमेर : ३४ वर्ष
ठेगाना : सप्तरी जिल्ला घर भई हाल मोरङ जिल्ला विराटनगर मा न पा वाड नं ५ संम्झना चोक
कार्यरत रहेको स्थान : न्यूरो हस्पिटल विराटनगर

नाम : मोहमद सिद्दिक
उमेरः २८ वर्ष
ठेगानाः जिल्ला सप्तरी, बिष्णुपुर गा.पा.वडा नं–२ घर भई
हाल जिल्ला मोरङ विराटनगर म.न.पा वडा नं–५ संझनाचोक
पक्राउ मितिः २०७८–०१–०५ गते

नाम: सुभाष प्रसाद साह
उमेरः २९ वर्ष
ठेगानाः जिल्ला महोत्तरी, सरपल्लो वडा नं ६ घर भई
हाल जिल्ला जनकपुर उप.म.न.पा वडा नं– ७, जिरोमाईल
पक्राउ मितिः २०७८–०१–०५ गते
पक्राउः जिल्ला महोत्तरी, जलेश्वर
कार्यरत रहेको स्थानः जनकपुर चिल्ड्रेन हस्पिटल, धनुषा

नाम: मोहम्मद शाहिद राजा
उमेरः २८ वर्ष
ठेगानाः जिल्ला धनुषा, सवैला न.पा. वडा नं– ५ घर भई
हाल जिल्ला ललितपुर, म.न.पा. वडा नं– २ महालक्ष्मीथान
पक्राउ मितिः २०७८–०१–०५ गते
पक्राउ स्थानः महालक्ष्मि न.पा .वडा नं– २, इमाडोल, ललितपुर
कार्यरत रहेको स्थानः दिर्घायू गुरु हस्पिटल, चाबहिल

नामः फराज हुसेन खाँ
उमेरः२९ वर्ष
ठेगानाः जिल्ला ललितपुर, ललितपुर म.न.पा–२ सानेपा
पक्राउ मितिः २०७८–०१–०५ गते
पक्राउ स्थानःसानेपा, ललितपुर म.न.पा वडा नं– २ सानेपा

नाम: पल्लवी सिंह
उमेरः २७ वर्ष
ठेगानाः जिल्ला महोत्तरी, मनरा वडा नं ५ घर भई
हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं–२ आदर्श बस्ती
पक्राउ मितिः २०७८–०१–०५ गते
पक्राउ स्थानः मध्यपुर ठिमि न पा वडा नं– २, आदर्शवस्ती घरबाट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780