गर्भवतन मुद्दाका दोषी चार वर्षपछि पक्राउ

राजविराज, ६ बैशाख । सप्तरीमा गर्भपतन मुद्दामा दोषी ठहर भएर फरार रहेका एक जनालाई चार वर्षपछि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुरुद्दा नगरपालिका–६ दौलतपुरका ६५ वर्षीय फेकु राम छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले आज घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधब प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार गर्भवतन मुद्दामा २०७३ साल चैत १६ गते सप्तरी जिल्ला अदालतको फैसलाले रामलाई १ वर्ष १ महिना कैद ठहर भएको थियो ।

खोजतलाशको क्रममा उनलाई पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको डिएसपी काफ्लले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस