सिरहा अस्पतालमा उपचाररत महिलामा कोरोना पुष्टि, आकस्मिक बाहेकका सेवा बन्द

लहान । सिरहामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सिरहामा उपचाररत एक महिलामा कोरोना पुष्टि भएको हो । उनी आइतबार अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना भएकी ती महिलाको पीसीआर जाँच गरिएकोमा सोमबार आएको रिपोर्ट पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जनाए ।

अस्पतालमै उपचाररत बिरामीमा कोरोना भेटिएपछि अस्पताललाई सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रले तत्काल अस्पतालका आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै, आजको बैठकले भीडभाड नगर्न, मास्क अनिवार्य लगाउन, सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ । जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने पनि प्रजिअ कँडेलले बताए । जिल्लामा हाल सक्रिय संक्रमित संख्या ८ छ । जसमध्ये ७ जना पुरुष र एकजना महिला छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780