कुपेश्वरनाथ मन्दिरबाट दुर्लभ मूर्तिहरू चोरी

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट बहुमुल्य दुर्लभ र प्राचीन मूर्तिहरू चाेरी भएका छन् । जनकपुरधाम उपमहानगरपालिका-१२स्थित कुवा टाेलमा रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट मूर्तिहरू चोरी भएका हुन् ।

गेटको ताल्चा फोडेर चाेरहरूले बहुमुल्य मूर्तिहरू चाेरेर लगेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।अविरल वर्षा भइरहेको माैकाकाे फाइदा उठाउँदै मन्दिरमा रहेका २ वटा प्राचिन मूर्ति र दान पेटिकामा रहेको पैसा चोरेर लगेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जनएका छन् ।

मन्दिरका पुजारी गहिराे निन्द्रामा सुतिरहेको बेला चोरहरूले मन्दिरबाट बहुमुल्य प्राचीन तथा दुर्लभ भगवान शिव र विष्णुकाे मूर्ति र दान पेटिकामा रहेको ४० हजार रूपैयाँ चाेरेर लगेका छन् । भगवान विष्णुको चतुर्भूज मूर्ति केही वर्ष अगाडी मात्रै खेतमा खेतालाले हलो जोतिरहेको जमिनमुनिबाट भेटाएका थिए । प्रहरी उपरिक्षक रानाभाटले चाेरहरू अहिले फेला नपरेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780