विद्यार्थीलाई ल्यापटप किन्न ऋण, निशुल्क सिम दिइने

जनकपुरधाम । सरकारले विद्यार्थीलाई ल्यापटप खरिद गर्न सहुलियत दरमा ऋण दिने भएको छ ।

बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ मा विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिका विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पु¥याउने उद्देश्यले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म सहुलियत कर्जा दिइने बताए ।

उनले २ वर्ष अवधिको सो कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध हुने बताए । यसैगरी १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलब्ध गराउने पनि मन्त्री पौडलेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस