प्रदेश २ को सिचाईका लागि सुनकोशी मरिन टनेलका लागि २ अर्ब ४६ करोड

जनकपुरधाम । प्रदेश २ का सबै जिल्लाहरूमा सिंचाईको व्यवस्थापन गर्नका लागि सुनकोशी मरिन परियोजना निर्माणका लागि सरकारले २ अर्ब ४६ करोड रुपैयाँ छुटयाएको छ।

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।

धनुषा, महोत्तरी, सिराहा, सर्लाही सहित आठ वटै जिल्लामा सिंचाईलाई व्यवस्थित गर्नका लागि टनेल निर्माण गरिने उनले बताए।

४ वर्ष भित्रमा उक्त टनेल निर्माणका साथ साथै मूल नहर र सहायक नहर निर्माण गरिने उनले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस