जनकपुरधाम । प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। पछिल्लो पटक शनिबार मात्रै २ सय २६ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १० हजार नाघेको हो ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवका अनुसार प्रदेश २ मा प्रदेशमा सक्रिय संक्रमितको संख्या १० हजार ६ सय ५७ पुगेका छन् ।
निर्देशनालयले उपलव्ध गराएको तथ्याङ्कअनुसार सप्तरीमा १ हजार २४ जना, सिरहामा ४९९ जना, धनुषामा १ हजार ५ सय ७५ जना, महोत्तरीमा एक हजार ९ सय ५६ जना, सर्लाहीमा ३ सय ९४ जन, रौतहटमा ६ सय ५९ जना, बारामा १ हजार ५६ जना र पर्सामा २ हजार ८ सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।