ईटा भट्टाको खाल्डोमा डुबेर दाजु–भाईको मृत्यू

जनकपुरधाम । वर्षाको पानी जमेको खाल्डोमा डुबेर महोत्तरीमा दाजु–भाईको मृत्यू भएको छ । मृत्यू हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौलिका रामकरण मण्डलका ९ वर्षीय छोरा प्रेम कुमार मण्डल र १० वर्षीय छोरा आशिक कुमार मण्डल रहेका छन् ।

घर नजिकै रहेको एमपीएस इटा उधोगले इटा बनाउन माटो झिकेको खाल्डोमा उनी दुबै दाजु–भाई शनिवार डुबेको प्रहरीले जनाएको छ । उनी दुवै जनाको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको छ । यस विषयमा अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस