२४ घण्टामा ६ हजार २०५ कोरोना संक्रमित निको भए, संक्रमणमुक्त हुने दर ७९.२ प्रतिशत

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टाभित्र ६ हजार २०५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका उनीहरु संक्रमणमुक्त भएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ४० हजार ९५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकमा छ । कोरोना संक्रमणबाट मुक्त हुने दर ७९.२ प्रतिशत रहेको जनाएको छ ।

यसैगरी सोही अवधिमा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको गत २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार २७२ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस