प्रधानमन्त्रीसँग छलफलः जसपाले आठ मन्त्री र दुई राज्यमन्त्री पाउने समझदारी

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबीचको छलफल सकिएको छ । साढे तीन घण्टापछि छलफल सकिएपछि जसपाका नेताहरु बलुवाटारबाट बाहिरिएका छन् ।

छलफलमा जसपाले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने गरि समझदारी भएको र एक/दुई दिनमै सरकार विस्तार हुने बालुवाटार स्रोतले जानकारी दियो ।

जसपाका एक नेताले भने–‘लामो छलफलपछि मोटामोटी सहमति भइसकेको छ तर माओवादी केन्द्रले छोडेको मन्त्रालय आफूहरुले पाउने भएपनि को–को कुन कुन मन्त्रालयमा जाने भन्नेबारे निर्णय भइसकेको छैन ।’

उता, जसपाबाट अहिले मन्त्री हुने सूचीमा अनिलकुमार झा, शरतसिंह भण्डारी, उमाशंकर अरगरिया, एकवाल मियाँ, विमल श्रीवास्तव, चन्दा चौधरी, रेणुका गुरुङ लगायतको नाम चर्चामा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780