सप्तरीमा कोरोना थप ६ जनाको मृत्यु, मृतकको संख्या ८५ पुग्यो

राजविराज, १७ जेठ । सप्तरीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार सप्तरीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । बोदे बरसाइन नगरपालिका–५ का ६२ वर्षीय र हनुमाननगर कंकालिनी नगरपालिका–११ का ५६ वर्षीय पुरुषको आज मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

गत मंगलबार (जेठ ११ गते) संक्रमण देखिएको ६२ वर्षीय पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र गत शनिवार (जेठ १५ गते) संक्रमण देखिएको ५६ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको उनले बताए । यसैगरी सुरुङ्गा नगरपालिका–९ का ४५ वर्षीय पुरुष र अग्नीसाइकर कृष्णासवरण गाउँपालिका–२ का ६५ वर्षीया महिलाको हिजो मृत्यु भएको छ ।

४५ वर्षीय पुरुषमा गत हिजो (जेठ १६ गते) संक्रमण देखिएपछि उपचारको लागि शिक्षण अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएको मृत्यु भएको निमित्त प्रमुख यादवले बताए । यसैगरी ६५ वर्षीया महिलामा पनि गत शनिवार नै संक्रमण देखिएको थियो । होम आइसोलेसनमा उनको मृत्यु भएको छ । यसैगरी सुरुङ्गा–४ का ५८ र ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

गत शनिवार संक्रमण पुष्टि भएको ५८ वर्षीया महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा सोही दिन मृत्यु भएको उनले बताए । यसैगरी जेठ १३ गते संक्रमण पुष्टि भएको ६५ वर्षीया महिलाको लहानमा उपचारको क्रममा जेठ १४ गते मृत्यु भएको तथ्यांकमा छ ।

यससहित सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ जना पुगेको कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस