सप्तरीमा कोरोनाः आज ४० थपिँदा ७३ जना निको भए

राजविराज, १७ जेठ । सप्तरीमा आज (सोमबार) ४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार १४ जना महिला र २६ जना पुरुषमा संक्रमण देखिएको हो । खडक नगरपालिकाका सबैभन्दा बढी संक्रमित देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । उनका अनुसार खडकमा मात्रै १० महिला र १० पुरुषमा संक्रमण देखिएको हो ।

यसैगरी आज मात्रै ७३ जना संक्रमित निको भएका छन् । २९ महिला र ४४ पुरुष गरी ७३ जना संक्रमणमुक्त भएका हुन् । हाल सप्तरीमा ९८३ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस