करेन्ट लागेर एक महिलाको मृत्यु, दुईजना पक्राउ

जनकपुरधाम । रौतहटमा मकैबारी वरिपरि नाङ्गो तारमा प्रवाह गरिएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

करेन्ट लागेर जिल्लाको परोहा नगरपालिका वडा नम्बर ४ की २२ वर्षकी गुडियादेवी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार राति गुडियादेवी घरबाट उतरतर्फ शौच गर्न गएको बेलामा मकैबारीको वरिपरि नजिकै रहेको विजुलीको पोलबाट नाङ्गो तार जडान गरी बाँसको भाटामा अल्झाइ छोडिएको थियो। सोही तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मकैबारीको वरिपरि नाङ्गो तार जडान गरी करेन्ट प्रवाह गर्ने सोही स्थानका ६० वर्षीय तीलाइ राय यादव र ४८ वर्षीय राम विनय रायलाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट ९ दिनको म्याद थप गराइ हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस