सरकारले ‘प्रतिगमन–२’ गरेको जसपाको ठहर, प्रदेश २ मा संघर्षको घोषणा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । समितिले प्रदेश २ भरिका जिल्ला समन्वय समिति अध्यक्षलाई परिपत्र गर्दै संघर्षका कार्यक्रमबारे जानकारी गराएको हो ।

समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा जेठ १३ र १४ गते बसेको प्रदेश समितिका पदाधिकारीहरू तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकबाट ओली सरकारको कदमलाई ‘प्रतिगमन–२’ को संज्ञा दिँदै विरोध गर्ने निर्णय गरेका हुन् ।

संघर्षका कार्यक्रमअन्तर्गत जेठ १८ मा दिउँसो ३ बजे सबै स्थानीय तहको केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला जलाउने, १९ गते साँझ ५ बजे सबै स्थानीय तहको केन्द्र तथा मुख्य शहरहरुमा मसाल जुलुस निकाल्ने लगायतका कार्यक्रम छन् ।

संघर्षका कार्यक्रममा कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी लगायत स्वास्थ्य मापदण्डको पालना गरिने जसपा मधेस प्रदेश समितिका महासचिव शम्भु झाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस