संसदका १६० जनामा कोरोना संक्रमण पुष्टि

जनपुरधाम । संसदका १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रतिनिधिसभाको बैठक बस्नुअघि गरिएको कोभिड परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

बुधबार, बिहीबार र शुक्रबार गरिएको परीक्षणमा १ सय ६० जनामा संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ । १ हजार २३५ जनाको पीसीआर परीक्षणमा १ हजार २३४ जनाको रिपोर्ट आएको सभामुखमका प्रेस सल्लाहकार श्रीधर न्यौपानले बताए ।

उनका अनुसार १६० जना मध्ये १९ जना सांसद रहेको र बाँकी कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक र पत्रकार छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिदैँछन् ।

संसद सचिवालयले संक्रमण देखिएका सांसदलाई पनि विश्वासको मतमा मतदान गर्न दिने निर्णय गरेको छ । उनीहरूलाई छुट्टै स्थानमा राखिने छ ।

Author:



क्याटोगरी छान्‍नुहोस