सप्तरीमा ७ बालबालिकासहित थप ३३ जनामा कोरोना संक्रमण

राजविराज, २५ वैशाख । सप्तरीमा शनिवार ७ बालबालिकासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट आएको रिपोर्टमा सप्तरीका ३३ जनामा संक्रमण पुष्टि भएकोे अस्पतालका सूचना अधिकारी सुर्य कान्त झाले बताए ।

उनका अनुसार शनिवार पनि राजविराज नगरपालिकामै बढी संक्रमित देखिएका छन् । राजविराजका ४ महिलासहित ११ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३ जना बालबालिका छन् ।

वडा नम्वर–१ की ४० वर्षीया महिला, ३ का ३, ६, २९ र ५५ वर्षीय पुरुष तथा २३, ११ र ५० वर्षीया महिला, ५ का ४५ वर्षीय पुरुष, ७ का ३७ वर्षीय पुरुष र वडा नम्वर ८ का ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका–१ का २८ वर्षीय पुरुष, ३ का ९, ५० वर्षीय पुरुष र ३४ र ३५ वर्षीया महिला, ८ की १२, २२, ३६ र ४० वर्षीया महिला तथा १५, ४० र ६५ वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–२ का ५० वर्षीय पुरुष र ४८ वर्षीया महिला, रुपनी गाउँपालिका–६ का ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी झाले बताए ।

यसैगरी तिरहुत गाउँपालिका–४ का उमेर नखुलेका एक पुरुष, अग्नीसाइर कृष्णासवरण गाउँपालिका–३ का २६ वर्षीय पुरुष, ६ का ३ वर्षीय पुरुष, खडक नगरपालिका–५ का २ वर्षीय पुरुष, १० का ५६ वर्षीय पुरुष र तिलाठी कोइलाडी गाउँपालिका–१ का २३ वर्षीय पुरुषमा संक्रमण देखिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस