सरकार अझै कोभिड–१९ को उपचारमा संवेदनशील छैन : काँग्रेस

जनकपुरधाम । नेपाली काँग्रेसले सरकार अझै कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति संवेदनशील नभएको आरोप लगाएको छ ।

पार्टीका सह–महामन्त्री एवं नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । ‘सरकार संक्रमितहरुको आवश्यकता अनुसार न अस्पतालहरुको थप व्यवस्था गर्न सकिरहेको छ, न अक्सिजनको समुचित आपूर्ति ।’

काँग्रेसले सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेको छ ।

साथै अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कार्वाही गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न पनि सरकारसँग विज्ञप्तिमा माग गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस