सप्तरीका यी क्षेत्रमा आजदेखि जान नपाइने (सूचीसहित)

राजविराज, २६ वैशाख । सप्तरीका शहरी क्षेत्रमा लाग्ने हटिया क्षेत्रमा आजबाट अनिश्चितकालका लागि आवागमन निषेध गरिएको छ । बढ्दो कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न गत विहिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट भएको निर्णय गए रातिदेखि लागु भएको छ ।

निर्णय अनुसार सदरमुकाम राजविराज बजार, रुपनी बजार, फत्तेपुर बजार, कठौना बजार, कल्याणपुर बजार, खर्चुहिया बजार, पातो बजार, बोदे बरसाईन बजार, तोपा बजार, महुली बजार, पत्थरगाढा बजार, तोपा बजार, छिन्नमस्ता, जिरिया हटिया, मंसापुर, हनुमाननगर बजार, बरमझिया, कञ्चनपुर, वीरेन्द्र बजार, महुलीसहितका शहरी क्षेत्रका हटिया लाग्ने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस