सिरहा र सप्तरीका दुई कोरोना संक्रमितको नोबेल अस्पतालमा मृत्यु

राजविराज, २६ वैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत सप्तरीका थप एक कोरोना संक्रमितको गए राति मृत्यु भएको छ ।

गत बुधवार अस्पतालमा भर्ना भएका बोदे बरसाईन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

यसैगरी सोही अस्पतालमा सिरहाका पनि एक जना संक्रमितको पनि मृत्यु भएको छ । कल्यापुर–४ की ३८ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको आज विहान ७ बजेतिर मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हिजो नै अस्पतालमा भर्ना गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस