प्रादेशिक अस्पतालको पत्र प्रति मुख्यमन्त्री राउतको चासो

जनकपुरधाम, २६ वैशाख । कोभिड–१९ का विरामीहरुको खानाकालागि प्रादेशिक अस्पताल जनकपुरधामले लेखेको पत्र प्रति मुख्यमन्त्री लालबाबु राउतले चासो देखाएको छ ।

मुख्यमन्त्री राउतले आइतवार विहान अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रमोद कुमार यादवलाई बोलाएर जानकारी दिएका हुन् ।

मुख्यमन्त्री सञ्चार सचिवालयका अनुसार सोही क्रममा मारवाडी युवा मञ्चले अस्पतालमा उपचाररत कोभिड–१९ का विरामीलाई खाना वितरण गर्ने भनि लेखेको पत्रको आधारमा सो पत्र लेखिएको पाइएको छ ।

हाल पनि अस्पतालका विरामीलाई खाना खुवाउने शिर्षकमा १५ लाख रकम रुपैयाँ बाँकी रहेको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ । खानाका लागि आवश्यक पर्ने थप रकम पनि प्रदेश सरकारले उपलब्ध गराउने र उपचारमा कुनै समस्या हुन नदिने मुख्यमन्त्री राउतले बताएका छन् ।

यसअघि गत शुक्रवार अस्पतालले ‘खाना उपलब्ध गराई दिने सम्बन्धमा’ मारवाडी युवा मञ्चलाई लेखेको पत्रले आलोचना भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस