लागुऔषधसहित २५ वर्षीय युबक पक्राउ

जनकपुरधाम । महोत्तरीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१४ का २५ वर्षीय राकेश ठकुरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

ठकुरीलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटेको प्रहरीको गस्ती टोलीले बर्दिबास–१४ स्थितबाट नाइट्राजेपाम ट्याब्लेट आइपी नाइट्रोभेट लेखिएको ८६ पिस, कोडेन फोसफेट क्लोरोफेनिरामाइन म्यालेट सिरपको ४ वटा बोतल, स्पास्मो प्रोक्सिभोन प्लस लेखिएको १ पत्तामा ८ क्याप्सुलसहित नियन्त्रणमा लिएको प्रवक्ता विष्टले जानकारी दिए।

त्यस्तै, बर्दिबास नगरपालिका–५ टुटेश्वर मन्दिर जाने जंगलको भित्री सडकखण्डमा प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ। अस्थायी प्रहरी पोस्ट माईस्थानबाट खटेको गस्ती टोलीलाई प्र.२–०२–००२ प ५३५७ नम्बरको स्कुटीमा सवार चालकले १ थान भरुवा बन्दुक त्यसमा लाग्ने फलामको बलको झोला र स्कुटी छोडेर फरार भएको प्रवक्ता विष्टले बताए।

स्कुटी, भरुवा बन्दुक र त्यसमा लाग्ने फलामको बल, २५ ग्राम बारुदजस्तो देखिने कालो धुलो बरामद गरेको र स्कुटी चालकको खोजतलास भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस