बिहीबार प्रदेश २ का कुन जिल्लामा कति संक्रमित भेटिए ?

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या २५ हजार २ सय ६४ जना पुगेको छ । गत २४ घण्टामा मात्र प्रदेश २ मा ५ सय १७ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए। जसमध्ये ७ हजार ७ सय ५१ जना सक्रिय संक्रमित छन् ।

बिहिबार प्रदेशका विभिन्न प्रयोगशालामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा धनुषामा १९९ , पर्सा ७३, बारामा १७, महोत्तरीमा ८५, रौतहटमा ७ , सप्तरीमा ७३, सर्लाहीमा १० र सिरहामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस