सप्तरीमा कोरोनाको दोस्रो लहरः २८ दिनमा २० जनाको मृत्यु

राजविराज, ३० वैशाख । सप्तरीमा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म २० जनाको मृत्यु भएको छ । वैशाख २ गतदेखि अहिलेसम्ममा २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

उनका अनुसार सबैभन्दा कञ्चनरुप नगरपालिकाका संक्रमितको मृत्यु भएको छ । सो नगरपालिकामा मात्रै दोस्रो लहरमा ५ जनाको मृत्यु भएको छ ।

सप्तरीमा पहिलो लहरमा ४१ जनाको मृत्यु भएको थियो । योसँगै हालसम्म सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी दोस्रो लहरमा हालसम्म ६८५ पुगेको छ । जसमध्ये १८ जना निको भएका छन् । हाल ६४७ जना सक्रिय संक्रमित रहेको निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस