प्रदेश २ : कोरोनाबाट थप ३ जनाको मृत्यु

जनकपुरधाम । रौतहटमा बिहिबार कोरोना संक्रमणको कारण थप ४ जनाको ज्यान गएको छ । सदरमुकाम गौरस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो ।

बिहीबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

जिल्ला अस्पताल गौरमा भएको १३९ जनाको पिसिआर परीक्षणमा ५६ जनामा संक्रमण देखिएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५९६ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस