प्रदेश १ मा थप एक हजार ३९ जनामा देखियो कोरोना

बिराटनगर । प्रदेश १ मा थप एक हजार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्बुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९-९, इलाममा ५, पाँचथरमा ३, तेह्रथुममा २, ओखलढुंगामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ । संक्रमितमध्ये ३० हजार ६२७ संक्रमणमुक्त भएका छन् । बिहीबारमात्रै १५७ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ६१४ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस