शनिवार सप्तरीमा थप दुई संक्रमितको मृत्यु

राजविराज, १ जेठ । कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा शनिवार थप २ जनाको मृत्यु भएको छ । संक्रमणपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएका अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ का ४० वर्षीय युवकको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यसैगरी राजविराज नगरपालिका–८ का ६४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

उनको पनि नोबेल शिक्षण अस्पतालमै उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको यादवले बताए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस