गुडिरहेको माेटरसाइकलमा सल बेरिएपछि…

लहान । सिरहाको औरही गाउँपालिका-१ स्थित मोटरसाइकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । हरकट्टी चोकनजिकै गुडिरहेको स १० प ४५२२ नम्बरको मोटरसाइकलमा पछाडि सवार महिलाको सल बेरिएर दुर्घटना हुँदा महिलाको घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका-५ की २७ वर्षीया निरुदेवि साह छिन् । प्रहरीका अनुसार, मोटरसाइकल चालक मृतकका श्रीमान् राजेश्वर साह सामान्य घाइते छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस