महोत्तरीमा एकै दिन थप तीन कोरोना संक्रमितको मृत्यु

महोत्तरी, २ जेठ । महोत्तरीमा आइतवार विहान थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका फोकल पर्सन व्यक्ति प्रतिभा सिंहका अनुसार गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७ का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

तीनै जनामा क्रमशः वैशाख २८, ३० र जेठ १ गते पोजिटिभ देखिएपछि विभिन्न आइसोलेशनमा उपचाररत भर्ना थिए ।

मृतक तीनै जनामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । योसँगै जिल्लामा मृतकको संख्या २२ पुगको छ । हाल महोत्तरीमा १ हजार १३४ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस