नौ वर्षिया वालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

जनकपुरधाम । वीरगञ्जमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना युबकलाई पक्राउ परेका छन्। प्रहरीले वीरगञ्ज महानगरपालि २० का २२ वर्षीय सरोज चौरसियालाई पक्राउ गरिएको हो ।

चौरसियाले खेल्दै गरेकी नौ वर्षीया बालिकालाई फकाएर आफ्नो घरमा बोलाइ यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका त्यहाँबाट भागेर अभिभावकलाई जानकारी गराएकी थिइन्।

बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा शनिबार दिएको किटानी जाहेरीको आधारमा चौरसियालाई दिउँसो १ बजे घरबाटै पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका चौरसियाविरुद्ध बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको खनालले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस