प्रदेश २ : थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

जनकपुरधाम : कोरोना भाइरसको संक्रमणबाट महोत्तरीको विभिन्न स्थानमा आज बिहानै तीन जनाको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगको छ ।

कोरोनाका कारण भयावह अवस्था सिर्जना भएको स्वास्थ्य कार्यालय जलेश्वरका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन् ।

उनका अनुसार आज गौशाला नगरपालिका– ४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७ का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका– ५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना पोजिटिभ देखिएका उनीहरूको विभिन्न आइसोलेसनमा उपचार भइरहेको थियो । मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

महोत्तरीमा आज बिहानसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् ।
त्यसैगरी ६ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिस गरिएको कोभिड फोकल पर्सन सिंहले बताइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस