देशलाई निकास दिन प्रधानमन्त्रीलाई भेटेको हुँ : डा.भट्टराई

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले महाविपत्ति उन्मुख देशलाई निकास दिन आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको बताएका छन् । उनले आज ट्वीट गर्दै प्रधानमन्त्री मागेको खबर आएपछि त्यसको खण्डन गर्दै भेटेर सर्वदलीय सरकार बनाउन आग्रह गरेको प्रष्टीकरण दिएका हुन् ।

ओली निकट एमाले नेता महेश बस्नेतले हालै एक टेलिभिजन अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएका थिए । त्यही सन्दर्भमा भट्टराईले ओलीलाई आफूले भेटेको र भेटमा राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण ट्वीटरमार्फत् दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छनः ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान÷पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो।वहाँले नमानेपछि अरूलाई नभनेको हुँ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं!’

Author:



क्याटोगरी छान्‍नुहोस