नेपाल सुपर लिग फुटबलको उपाधी काठमाडौं रेजर्सलाई

जनकपुरधाम । मुलुकको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगको उपाधी काठमाडौं रेजर्सले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि उचालेको हो । काठमाडौंको जितका लागि खेलको २१ औं मिनेटमा मेसौके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो । मेसौकेको यो लिगको आठौं गोल हो । लिगका उनी सर्वाधिक गोलकर्ता हुन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना यो प्रतिस्पर्धाको विजेता काठमाडौंले ट्रफीसहित ३५ लाख रुपैयाँ पाएको छ । उपविजेता धनगढीले भने १५ लाखमा चित्त बुझाएको छ ।

फाइनलका लागि दुवै टोली प्रतियोगितामा तेस्रो पटक आम्नेसाम्ने भएका थिए । लिग चरण र पहिलो प्लेअफमा धनगढीसँग पराजित भएको काठमाडौंले फाइनलमा बदला लिँदै उपाधि उचालेको हो ।

Author:

क्याटोगरी छान्‍नुहोस