मोरङमा १३ घण्टाको अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु

बिराटनगर । मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो १३ घण्टाको अवधिमा मोरङका विभिन्न अस्पतालमा उपचारका क्रममा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट नोबेल शिक्षण अस्पतालमा पथरीशनिश्चरे नगरपालिका-१ की ६४ वर्षीया महिला, विराटनगर-१ का ३५ वर्षीय पुरुष, उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष, विराटनगर-४ का ५२ वर्षीय पुरुष, मोरङको सुन्दरहरैँचा-९ का ६० वर्षीया महिला, सिरहाका ६२ र ६९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मोरङको सुनवर्षी नगरपालिका-३ का ५३ वर्षीय पुरुष, विराटनगर-१ की ३४ वर्षीया महिला  र विराटनगर-१४ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा इलामको इलाम नगरपालिका-८ का ३६ वर्षीय पुरुष र सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको गएराति मृत्यु भएको विराटका कोभिड अस्पताल इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस