सप्तरीका थप चार जना कोरोना संक्रमितको मृत्यु

राजविराज, २ जेठ । सप्तरीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो २४ घण्टामा थप चार जना संक्रमितको मृत्यु भएको हो ।

कञ्चनरुप नगरपालिकाका दुई तथा सप्तकोशी र राजविराज नगरपालिकाका १–१ जनाको संक्रमितको मृत्यु भएको उनले बताए । उनका अनुसार कञ्चनरुपका एक जनाको नोबेल शिक्षण अस्पताल र एक जनाको छिन्नमस्ता अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

यसैगरी सप्तकोशीका एक जनाको उपचारको लागि पठाउने क्रममा एम्बुलेन्समा र अन्य एक जनाको राजविराजमै मृत्यु भएको निमित्त प्रमुख यादवले बताए । योसहित सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780