एसियाली विकास बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत हुने

जनकपुरधाम । एसियाली विकास बैंकले ‘एसियाली विकास परिदृष्य’ सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्ष कोभिडको असर केही सुधार भएपनि कोभिडको दोस्रो लहरका कारण सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार कृषि उत्पादन २.४ प्रतिशत, औद्योगिक क्षेत्र २.५ प्रतिशत र सेवा क्षेत्र ३.४ प्रतिशतले बढ्ने अनुमान छ ।

मेलम्ची आयोजना पूरा भएको र माथिल्लो तामाकोशीको प्रारम्भिक चरणको उत्पादनले आर्थिक वृद्धिमा टेवा पु¥याउने अनुमान गरिएको छ । त्यस्तै पछिल्ला ८ महिनामा आर्थिक गतिविधिमा आएको सुधारले पनि उक्त वृद्धिदर हासिल हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका कारण गत वर्ष नेपालको आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस