प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ९ हजार नाघ्यो

जनकपुरधाम । प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। पछिल्लो पटक बिहिबार मात्रै ५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९ हजार नाघेको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवका अनुसार प्रदेश २ मा प्रदेशमा सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय १६ पुगेका छन् ।

निर्देशनालयले उपलव्ध गराएको तथ्याङ्कअनुसार सप्तरीमा ८६३ जना,  सिरहामा ४२० जना, धनुषामा १ हजार ७ सय १८ जना, महोत्तरीमा एक हजार ४ सय २२ जना, सर्लाहीमा एक सय १८ जन, रौतहटमा ५ सय ७१ जना, बारामा ९ सय ४० जना र पर्सामा २ हजार ६ सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस