सेनाको जवानलाई कुटपिट गरी हत्या, दुई वर्षपछि आरोपी पक्राउ

लहान, ७ जेठ । नेपाली सेनाको जवानलाई निर्घात कुटपिट गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीका ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साह छन् ।

उनीहरुलाई आज प्रहरीले सार्वजनिक गरेको हो । २०७६ वैशाख २८ गते राति बरियारपट्टी गाउँपालिका–४ सोहपुरका २७ सैनिक जवान अनिश कुमार सिंहलाई स्थानीय विरेक्षण यादबको घरमा चोरी आरोपमा नियन्त्रणमा लिएका थिए ।

विद्युतको खम्बामा हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेपछि गम्भीर घाइते भएका सिंहको उपचारको क्रममा छाउनीस्थित सैनिक अस्पतालमा मृत्यु भएको थियो । घटनापछि फरार रहेको उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी शालिग्राम शर्माले बताए ।उनीहरुमाथि थप कार्वाहीको लागि जिल्ला अदालत सिरहामा पेश गरिएको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस