सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

राजविराज, ७ जेठ । सप्तरीमा शम्भुनाथ नगरपालिका–१२ कुशहामा पोखरीमा डुबेर आज (शुक्रवार) एक बालकको मृत्यु भएको छ । नुहाउने क्रममा सोही ठाउँमा रहेको सार्वजनिक पोखरीमा डुबेर मुनिलाल साहको १० वर्षीय छोरा रुपेश साहको मृत्यु भएको हो ।

पोखरीमा डुबेर गम्भीर भएका बालकको उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको थियो । अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यसअघि गत बुधवार पनि जिल्लाको कञ्चनरुप नगरपालिका–९ का रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती सरदार र सोही ठाउँका इन्दल सरदारकी १२ वर्षीया छोरी रोशनीको पोखरीमा डुबेर मृत्यु भएको थियो ।

यो पनिः

सप्तरीमा एउटै गाउँकी दुई किशोरीको पोखरीमा डुबेर मृत्यु

Author:



क्याटोगरी छान्‍नुहोस