कार्यकारिणी समिति बैठक स्थगित भएको छैन: उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिवार र आइतवारका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् ।

उनले बैठक स्थगित नभएको भन्दै शनिवार र आइतवारका लागि बोलाइएको बैठकमा उपस्थित हुन पदाधिकारीहरूलाई आह्वान गरेका छन् ।

केही बेर अगाडि मात्रै जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक स्थगित भएको बताएका थिए ।

दुई पक्ष बीच टकराव आइरहेको समयमा यादव पक्षले भने बैठक बोलाएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस