मध्यावधि चुनाव होइन, संविधान खारेज गर्ने प्रपञ्च हो: डा. भट्टराई

जनकपुरधाम, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपाल संघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगामी शक्तिहरुको सेटिङ्गअनुसार मध्यावधि चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्र्रपञ्च भएको बताएका छन् ।

उनले शनिवार सामाजिक सञ्जालमा ‘मन्त्रिपरिपद्को सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र र मंसिर ३ मा चुनाव’ शिर्षकको समाचारमा शेयर गर्दै संसद विघटनको विषयमाथि टप्पणी गरका हुन् । शुक्रबार सरकारको सिफारिसमा संसद् विघटन गरेर राष्ट्रपति विद्या देवी भण्डारीले चुनावको मिति तोकेकी छन् ।

उनले ट्वीटरमा लेखेका छन्,-‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔँ, प्रतिवाद गरौँ !’

Author:



क्याटोगरी छान्‍नुहोस